२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

कांग्रेस दाङ क्षेत्र नं. ३ ख को सभापतिमा उम्मेदवारी दिने घर्तिकोे घोषणा

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ ख को सभापतिमा टिका घर्तिले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस भातृसंगठन तरुण दल दाङका जिल्ला अध्यक्ष घर्तिले दाङ क्षेत्र नं. ३ ख को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका घर्तिले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारी दिने घोषणा गर्दै सबैको सहयोगको अपिल गरेका छन् । ‘हिजोका कठिन पूर्ण घडिमा हरेक मोर्चाको नेतृत्व दायी भुमिका निर्बाह गर्दै नेपाली कांग्रेसको जिल्ला सदस्य ,महाधिवेशन प्रतिनिधि हुँदै तरुण दल दाङको अध्यक्षको भुमिकामा रहि नेपाली कांग्रेसको हरेक निर्वाचनहरुमा कुनै पनि बाधा ब्यबधानका बिच नेता र पार्टीको पहेरादार सिपाहिको भुमिकामा आफ्नो भुमिका निर्बाह गर्दै आएको छु’, घर्तिले लेखेका छन् ‘तपाईहरुको सुख दुखको साथी बन्दै तपाईहरुकै अघोर माया स्नेह र साथ सहयोग का कारण आज म यहाँ सम्म आइ पुगेको छु, अहिलेसम्म मलाई यहाँसम्म साथ सहयोग र माया गर्नेहरु प्रती म अत्यन्त आभारी छु, यहाँहरुको यहि साथ सहयोग र मायाको निरन्तरताका लागि आज मैले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ ख को सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ दाङ क्षेत्र नं. ३ ख को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकाले सबैको साथ र सहयोग लागि आशा लिएको घर्तिले बताए ।

घर्ति पश्चिमदाङका चर्चित युवा नेता हुन् । लामो समयदेखि युवा नेता घर्ति नेपाली कांग्रेसमा रहि विभिन्न पदमा रहेर कुशल नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।