२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

दाङमा क्षति भएका धानबालीको अनुगमण तथा लगत संकलन सुरु

दाङमा कात्तिके बेमौसमी अविरल बर्षातका कारण क्षति भएका धानबालीको अनुगमण तथा लगत संकलन गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा क्षति भएका धानबालीको अनुगमण तथा लगत संकलन गर्न सुरु गरिएको हो ।

अविरल बर्षातका कारण क्षति भएका धानबालीको एकिन विवरण संकलन गरी पठाउन सवै पालिकालाई पत्राचार समेत गरेको छ । कृषि ज्ञान केन्द्र दाङले गत असोज ३१ गते देखीको अविरल बर्षातले कृषि बाली अन्र्तगत विशेषगरी धानबालीमा भएको क्षति वा असरको एकिङ विवरण संकलन गरी पठाउन पत्राचार गरेको हो । गाउँपालिको समन्वयमा अनुगमण तथा लगत संकलन कार्य गर्न थालिएको कृषि केन्द्र दाङका निमित्त प्रमुख रुद्रमणि पौडेलले बताउनुभयो । जिल्लाका दश वटै पालिकाको कृषि विकास शाखालाई क्षतिको विवरण संकलन गर्ने फम्र्याट (फारम) सहित पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधि, कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रको एक टोलीले किसानको धानबालीको अनुगमण तथा लगत संकलन गर्ने निमित्त प्रमुख पौडेलले बताउनुभयो ।  सम्वन्धित पालिकाले पठाएको विवरण लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा पठाइने छ ।