२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

मेलमिलापको अबस्था देख्दा सर्बोच्च न्यायाधीश श्रेष्ठ बिरक्त

संर्बोच्च अदालतका न्यायाधीश एंव मेलमिलाप समितिका संयोजक बमकुमार श्रेष्ठले मेलमिलापको अबस्था देख्दा बिरक्त लागेको बताउनुभएको छ । उच्च अदालत तुलसीपुरले तयार पारेको चाल आर्थिक बर्ष समेत गरि ४ वटा आर्थिक बर्षको मेलमिलापको अबस्थाको प्रस्तुतिकरण पछि सम्बोधनका क्रममा न्यायाधीश श्रेष्ठले भन्नुभयो, प्रस्तुत तथ्यांकलाई हेर्दा मज्जा नलागेको बताउनुभयो ।
यो अबस्थाबाट सबल र प्रबद्र्धनात्मक बनाउन के गर्नुपर्छ भन्ने बारेमा समिक्षा गर्नुपर्ने उहाँको भनाई छ । दिगो समाधान र पक्षहरुले जीतको अनुभूति हुने मेलमिलापको अबस्थालाई मजवुत,सक्रिय,बिश्वसनीय र आकर्षण बढाउन अव तालिमको आबश्यकता रहेको आफुले पनि महसुस गरेको बताउनुभयो ।

उच्च अदालतले तयार पारेको मेलमिलाप सम्बन्धि देखिएका समस्याहरुमा मेलमिलाप कर्ताले मेलमिलापको मर्म अनुसार समयमै कार्य सम्पन्न गराउन नसकेको,मेलमिलाप प्रक्रियालाई मुद्धा लम्वाउने माध्यम बनाउने गरिएको,बिषयबस्तुको गहिराईमा पुगेर छलफल नहुनु,प्रक्रिया मात्रै ठान्ने प्रबृत्ति काममै रहनु,मुद्धाका पक्षहरुले मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्न नचाहनु र मेलमिलापमा हुने परामर्श प्रभाबकारि हुन नसक्नु प्रस्तुतीकरणमा उल्लेख गरिएको छ ।

सो अवसरमा बरिष्ठ अधिबक्ता द्धय डिल्लीराज धिताल र प्रदिप धिताल,उच्च अदालत बार एशोसियसनका अध्यक्ष पुष्कर भण्डारी,अधिबक्ता मोहनप्रसाद धिताल र बिष्णुमणी धिताल,अधिकारकर्मी एव पत्रकार सुशील बस्नेत,समुदायिक मेलमिलापकर्ता अशोककुमार यादव लगायतले अदालतमा सूचिकृत हुने मेलमिलापको आकर्षण निकै कम भएको बताउनुभयो । तालिम र पूर्नताजगी तालिम कानून ब्यबसायी,अदालतका कर्मचारीहरुलाई पनि आबश्यक रहेकोमा उहाँहरुले जोड दिनुभएको थियो अदालतमा मुद्धा दर्ता गर्दा श्रेष्तेदारले शुरुप्रक्रियामा नै मेलमिलापमा पठाउदा मेलमिलाप प्रतिको बिश्वसनीय बढ्ने र नतिजा पनि देखिने बताउनुभयो । मूख्य बिषय भनेको तालिम प्राप्त नगरेका मेलमिलाप सम्बन्धि प्रशिक्षण र प्राप्त गरेकालाई पूर्नताजगी तालिम हुनुपर्नेमा जोड दिनुभयो । २०७८ साल श्रावण देखि असोज मसान्त सम्म मेलमिलाप हुन सक्ने मुद्धाँको संख्या १ सय २३ वटा ,१६ वटा मेलमिलापमा पठाईएको, सफल भएको संख्या १ वटा र असफल १५ वटा भएका छन् । चालु आर्थिक बर्षमा उच्च अदालतमा मेलमिलापको सफल प्रतिसत ६ दशमलव २५ प्रतिसत हुनु निकै कम्जोर अबस्था रहेको छ ।

मेलमिलाप सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रस्तुत मेलमिलापको अबस्थामा आर्थिक बर्ष २०७७ ७८ मा मुद्धाको संख्या १सय १८ वटा, मेलमिलापमा पठाईएको ४२ वटा , सफल संख्या १०,असफल संख्या ३२ र प्रतिसतमा सफल २३ दशमलव ८१ प्रतिसत, आर्थिक बर्ष २०७६/७७ मा मुद्धाको संख्या १ सय ३६ ,मेलमिलापका लागि पठाईएको ७ वटा, सफल २ ,असफल ५ गरि सफल प्रतिसत २८ दशमलव ५७, आर्थिक बर्ष २०७६/७७ मा मुघा संख्या १ सय ९४ , मेलमिलापका लागि पठाईएको १ सय १४,सफल २९ वटा,असफल ८५ र प्रतिसतमा २५ दशमलव ४३ प्रतिसत रहेको जानकारी रजिष्ट्रार मानवहादुर बुढामगरले गराउनुभएको थियो ।

मेलमिलापमा यो अबस्था आउनुमा तालिम प्राप्त दक्ष जनशक्तिको अभाव मुख्य कारण भएको बताउनुभयो । कार्यक्रममा मुख्य न्यायाधीश निता दीक्षित गौतमले सर्बोच्च अदालतका न्यायाधीश एंवम मेलमिलाप समितिका संयोजक बमकुमार श्रेष्ठलाई कार्यक्रममा स्वागत गर्दै उच्च अदालतको अबस्था र न्याय सम्पादनका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण उपरजिष्ट्रार मानबहादुर बिष्टले गर्नुभएको थियो ।