२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

अध्यक्ष ओलीले गरे भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशनको उद्‍घाटन गरेका छन्। ओलीले दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका हुन्।

बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै‚ कात्तिक ९ गते सबै स्थानीय तहमा अधिवेशन हुनेछ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।