२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

एमाले शान्तिनगर ५ को अध्यक्षमा रेशम वली

नेकपा एमाले शान्तिनगर – ५ को अध्यक्षमा रेशम वली चयन भएका छन् । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत प्रथम वडा अधिवेशनबाट वली सर्वसहमत अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्षमा देवराज वली, सचिवमा युवराज वलीइ, उपसचिवमा लिलाधर विश्वकर्मा, अर्को उपसचिवमा पुजा डाँगी र अन्य सदस्य चयन भएको निर्वाचन अधिकृत मोहन रावतले जानकारी दिनुभयो । एमाले नेता शान्तराम विकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।