२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

दाङको देउखुरीमा गाडी दुर्घटना हुँदा ८ जना घाइते

दाङको देउखुरीमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन । प्युठानको बिजुवार बाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा १७ वर्षिया मिना घर्ती, १५ वर्षिया रबिना घर्ती, १० वर्षिय बिजय घर्ती, ३५ वर्षिया जिता घर्ती, २२ वर्षिया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षिया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सिराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।