२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरनगर जेसिजको (जेसिज सप्ताह – २०७८) मा विविध कार्यक्रम

तुलसीपुरनगर जेसिजले विविध कार्यक्रमको आयोजना गरी (जेसिज सप्ताह – २०७८) मनाउने भएको छ । जेसिज सप्ताह अन्तर्गत सात दिनसम्म बिभिन्न कार्यक्रमको आयोजना गरिएको तुलसीपुरनगर जेसिजका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।

भोलि ८ गते देखि १४ गते सम्म विविध कार्यक्रम आयोजना गरिएको छ । जस अन्तर्गत ८ गते पौने १२ बजे उद्घाटन तथा रक्तदान कार्यक्रम हुनेछ । ९ गते फस्ट एड ईन स्कुल, १० गते स्लो वाईक रेस प्रतियोगिता, ११ गते ईन्ट्रयाक्सन वीथ आईआरडी, १२ गते सेभ आवर चिल्ड–नेस्ट भाइव अफ कोभिड, १३ गते मिनि म्याराथुन र १४ गते वातावरणीय संरक्षण विषयक अन्तरक्रिया तथा समापन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।