२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन । सल्यानको थारमारे बाट दाङ तर्फ जादै गरेको भे१ च१८९० नं. को डबल क्याप जिप बिहान साँढे ७ बजे कपुरकोट गाउपालिका ३ मुलपानिमा दुर्घटना भएको हो । घाइते हुनेमा बागचौर नगरपालिका २ बस्ने २० वर्षीय चालक हिक्मत पुन मगर, सो नगरपालिका बस्ने बर्ष १९ को अर्जुन के।सी सोहि नगरपालिका १ बस्ने बर्ष १४ को आयुस बस्नेत , बर्ष २२ को मनोज बस्नेत,२७ कि सिता ओली,बर्ष २८ कि बबिता रावल, उहाकी छोरी बर्ष ११ कि एसिका रेउले र नाम नखुलेको बर्ष ३५ को पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाईतेहरू लाई उद्दार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सिपुर पठाईएको प्रहरीले जानकारी लिएको छ । जिप सडकबाट अन्दाजि १०० मिटर तल खसेको छ ।