२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सल्यान जिप दुर्घटना अपडेट : ८ घाइते मध्ये १ जनाकाे मृत्यु

सल्यानको मुलपानीमा जिप दुर्घटनामा परी ८ जना मध्ये एक जनाको मृत्यु भएको छ । थारमारेबाट तुलसीपुर तर्फ आउदै गरेको भे १ च १८९० नम्वर डबल क्याप जिप आइतबार विहा बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानिमा दुर्घटना हुँदा बागचौर नगरपालिका १ थारमा्रे बस्ने १८ बर्षिय आषिस बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका उहाँलाई उपचारका लागी राप्ती प्रादेशिक तुलसीपुर तर्फ लयाउदै गर्दा बाटोमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस्तैगरी दुर्घटनामा परि जिप चालक बागचौर नगरपालिका २ बस्ने २० वर्षीय हिक्मत पुन मगर, सोहि ठाउँका १९ बर्षका अर्जुन के.सी, वडा नम्वर् १ बस्ने बर्ष १४ को आयुस बस्नेत , बर्ष २२ को मनोज बस्नेत,२७ कि सिता ओली,बर्ष २८ कि बबिता रावल(रेउले), उहाकी छोरी बर्ष ११ कि एसिका रेउले घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईते मध्ये आयुस बस्नेत र बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । जिप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।