२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।