२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते

दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरको ओरालोमा सडकदेखि तल खस्दा त्यसमा सवार २० यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बसले च्यापेका करिब २२ वर्षका युवकलाई जेसिभीको सहयोगमा उद्धार गरिएको थियो । थप विवरण आउन बाँकी छ ।