२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुरकाे माेतिपुरमा बस दुर्घटना अपडेड : एक जनाकाे मृत्यु

दाङ तुलसीपुरकाे माेतिपुरमा बस दुर्घटना परी घाइते मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते मध्ये घोराही नगरपालिका–१० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । दुर्घटनामा घाइते भएका परियारलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको यात्रुबाहक बस मोतीपुरको ओरालोमा सडकदेखि तल खसेर दुर्घटना भएको प्रहरीेले जनाएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।