२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

दुर्घटना अपडेट : बस दुर्घटनामा घाइतेहरूकाे परिचय खुल्याे


दाङ तुलसीपुरकाे माेतिपुरमा यात्रु वहाव बस दुर्घटनाबाट घाइतेहरूकाे परिचय खुलेकाे छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० कटुकी निवासी २८ वर्षिय प्रेम परियार रहेका छन् ।
घोराहीदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा घाइते यी हुन् ।

घाइते हुनेहरुको विवरण:
तुलसीपुर १८ निवासी ६६ वर्षिय टोपबहादुर जनईमार
राप्ती गाउँपालिका २ निवासी १८ वर्षिय अशोक चौधरी
राप्ती गाउँपालिका ८ निवासी ५० वर्षिय चन्द्राकुमारी चौधरी
तुलसीपुर १६ निवासी १९ वर्षिया मनिषा विक
तुलसीपुर ५ निवासी ५ वर्षिया किरण नेपाली
तुलसीपुर २ मोतीपुर निवासी १९ वर्षिया संगीता वली
तुलसीपुर ३ निवासी २५ वर्षिया अल्का वली
तुलसीपुर १२ निवासी ४५ वर्षिया सरस्वती नेपाली
तुलसीपुर ७ निवासी ३४ वर्षिया भिमकुमारी विक
तुलसीपुर १२ जसपुर निवासी ४३ वर्षियन सरस्वती विक
रोल्पा गंगादेव गाउँपालिका निवासी ४० वर्षिया वेलमती कामी
गढवा ५ निवासी ३१ वर्षियन सिताकुमारी चौधरी
तुलसीपुर १७ निवासी २४ वर्षिया संगीता
दंगीशरण ७ निवासी १८ वर्षिया संगीता भण्डारी
तुलसीपुर १७ निवासी ६४ वर्षिया खली नेपाली
तुलसीपुर १७ निवासी ६९ वर्षिय धर्म नेपाली
रोल्पा त्रिवेणी गाउँपालिका ४ निवासी २० वर्षिय मनोज विक
तुलसीपुर १८ दुधरास निवासी ५२ वर्षिय कर्णबहादुर नेपाली
शान्तिनगर गाउँपालिका ६ देविपुर निवासी उदिराम चौधरी
गढवा गाउँपालिका ५ निवासी ६ वर्षिय अनुज चौधरी
तुलसीपुर ११ निवासी ४० वर्षिया कमला चलाउने।
घाईते सबैको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भैरहेको छ। घाईते सबैको अवस्था मध्यम छ भने केही को उपचार पछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ।