२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

अहिलेको संसद असफल : ओली

फाइल तस्वीर                                                                नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए ।

‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध जनाइरहेको छ । बेल घेरिरहेको छ । तर पनि कार्यक्रम चलाइरहनुहुन्छ । संसद यस्तो अवस्थामा छ,’ उनले भने ।
अध्यक्ष ओलीले आफूहरुले ल्याएको जनताको हित गर्ने बजेट संसदले फेरबदल गरिदिएको भन्दै आपत्ति जनाए । नागरिकता विधेयक तीन वर्षदेखि संसदमा रोकिएको तर नेपाली नागरिकको सन्तानले नागरिकता नपाउने अवस्था रहेको पनि अध्यक्ष ओलीले बताए ।