२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

नेपाली जनसम्पर्क समिति द. कोरियाको छैठाैं अधिवेशन नोभेम्बर २८ मा

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति द. कोरियाको छैठाैं अधिवेशन नोभेम्बर २८ आइतबारका दिन हुने भएको छ। नोभेम्बर ७ तारिक आइतबारका दिन सभापति आस्था बिन्दु मल्लको सभापतित्वमा सौलमा बसेको बैठकले जनसम्पर्क समिति द. कोरियाको छैठाैं अधिवेशनको समय तालिका पारित गरेको हो।

जस अनुसार समितिको छैठाैं क्षेत्रीय अधिबेशन नोभेम्बर २० तारिक (२०२१\११\२०)शनिबारका दिन zoom भर्चुअलबाट संयुक्त रुपमा ने. ज. स. केन्द्रीय सभापतिले उदघाटन गरि नोभेम्बर २१ तारिक आइतबारका दिन(२०२१\११\२१) क्षेत्रीय अधिबेशन गर्ने, र केन्द्रिय महाधिबेशन नोभेम्बर २८ आइतबारका दिन गर्ने निर्णय गरेको जन सम्पर्क समिति दक्षिण कोरियाका केन्द्रीय सदस्य मेघराज पौडेलले बताए। उक्त बैठकले बिधान संसोधन समितिमा कविराम भण्डारीको संयोजकत्वमा सिताराम तिमिल्सिना ,खेमराज देबकोटा ,र आवश्यकताको आधारमा संयोजकले थप सदस्य मनोनीत गर्न सक्ने गरि विधान संशोधन र समितिको नियमावलीको जिम्मा दिने निर्णय गरेको छ । साथै छैटौँ महाधिबेशन संम्पन्न्न
गर्नका लागि सल्लाहकार छानु चन्दको संयोजकत्वमा , TU प्राध्यपक संघका प्राज्ञिक ब्यक्तित्व दाशुराम पौडेल र एक जना संयोजकले मनोनीत गर्ने गरि सबै क्षेत्र र केन्द्रको अधिबेशन तोकिएको मितिमा संम्पन्न गर्न जिम्मेवारी समेत प्रदान गरेको छ।

अधिबेशनलाई प्रभावित पार्ने खालका दिगभ्रमितपुर्ण समाचारको खण्डन गर्दै उपसभापति जितेन्द्र सिंह महताले जुन सुकै उद्देश्यले बाहिर ल्याइएका अनलाइन पोटल वा अन्यत्र बाट प्रकाशित भएका समाचारमा सत्यता नभएको भन्दै प्रजातान्त्रिक आदर्श र पद्धतिलाई आत्मसात गर्दै सद्भावका साथ स्वस्थ प्रतिस्पर्धामा अधिबेशन सम्पन्न हुने विश्वास दिलाउनुभएकोछ। संस्थामा विमती रहनु स्वभाविक तर विवाद को परिकल्पना सम्म पनि नहुनेमा जिकिर गर्नुभएको छ।

कोरोना महामारीको कारणले कोरियामा जन सम्पर्क समिति दक्षिण कोरियाको अधिबेशन हुन सकेको थिएन। बिगतमा कोरिया सरकारको कडा सामाजिक दुरी कायम गर्न पर्ने नियमको कारणले आफुहरूले चाहेर पनि समयमा अधिबेशन गर्न नसकेको बताउदैँ अब कोरियन सरकारले नियम पनि खुकुलो बनाउँदै लगेकोले नोभेम्बर २८ मा अधिवेशन गर्न लागिएको नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्लले बताईन्। लोकतान्त्रिक पार्टीमा सामान्य मतभेद हुनु सामान्य भएतापनि अहिले सामाजिक सञ्जालमा आएको जस्तो आफुहरूमा कुनै पनि किसिमको मतभेद वा बादबिबाद नरहेको बताउँदै सम्पूर्ण लोकतान्त्रिक काङ्ग्रेसी साथीहरुलाई सम्पूर्ण बिबाद र मतभेदको सामाधान भनेको अधिबेशन नै भएकोले छैटौँ अधिबेशनमा सहभागी हुन हार्दिक अपिल समेत गरेकी छन्।
अध्ययन ,रोजगारी, व्यवसायको सिलसिलामा रहेका नेपालीहरु आवद्ध भएको नेपाली कांग्रेसको भातृ संगठन भारत लगायत युरोप अमेरिका गरी विश्वका ३३ देशमा फैलिएको छ। नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा केही विदेश स्थित नेपाली जनसम्पर्क समिति हरुमा पनि अधिवेशन को चटारो छ ।