२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानमा उत्खनन नहुँदा दर्जनभन्दा बढी खानी अलपत्र

सल्यानमा उत्खनन नहुँदा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसालगायतका खानी उत्खनन हुन सकेको छैन।
शारदा नगरपालिका ६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन भएको छैन।
खानी उत्खननका लागि सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्दा बहुमूल्य वस्तुहरु प्रयोगविहीन भएको स्थानीय बताउँछन्। कतै सरकारी झन्झट त कतै स्थानीयको विरोधका कारण खानी उत्खननमा समस्या हुँदै आइरहेको छ।