२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

सल्यानमा जीप दुर्घटना हुँदा १३ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ६ लान्तीबाट राणागाउँ हुँदै वडा नम्बर ७ को सिमपानी तुसारे जाँदै गरेको रा १ ज ५२८ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।
घाइतेहरुको श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये एकजनाको औला काटिएरको कारण नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीप उकालो चढ्न नसकेको कारण सडकमै पल्टिएको हो ।