२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङ लगायत देशभर विप्लव समूहकाे बन्द

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज दाङ लगायत देशभर बन्द गरेको छ । दाङमा बन्दकाे प्रभाव विहानै देखि परेकाे छ । बन्दका कारण विहानै देखि लामो तथा छोटो दुरीका सवारी सधान चल्न सकेका छैनन। विहान खुल्ने कलेज, क्याम्पसहरु समेत खुलेका छैनन् भने पसल पनि बन्द नै रहेका छन् । बन्दको पूर्व सन्ध्यामा हिजो साँझ विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दाङमा मसाल जुलुस पनि निलेका थिए ।