२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

दंगीशरण गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पौडेललाई विदाई

दाङको दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको सरुवा भएको छ । पौडेलको दाङकै राजपुर गाउँपालिकामा सरुवा भएको हो । दंगिशरण गाउँपालिकामा पौडेल करीव ढाई वर्ष सम्म प्रमुख प्रशासकियका रुपमा रहेर सेवा दिनुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत पौडेललाई गाउँपालीकाले एक कार्यक्रमका विच विदाई गरेको छ ।
पौडेललाई गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्काले फुल माला सहित थारु हस्तकला ढकिया मायाको चिनो प्रदान गर्नुभएको थियो । यस्तै, वडा नम्बर ५ ले पनि मायाको चिनो प्रदान गरेको छ । वडाध्यक्ष दिपक गौतम र सचिव प्रेमप्रकाश चौधरीले संयुक्त रुपमा मायाको चिनो प्रदान गर्नुभएको थियो । सम्पुर्ण वडा सचिवहरुको तर्फबाट पनि मायाको चिनो प्रदान गरिएको थियो ।