२०७८ माघ ५ गते बुधवार
२०७८ माघ ५ गते बुधवार

विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने रु हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्छौँ। हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुन सक्छ। हामी बिस्तारै यता जानुपर्छ।’
त्यस्ता क्षेत्रमा आउने उद्यमी र व्यापारीलाई सहयोग गर्न तयार भएको प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारे। उनले देशभर विद्युतीय बस चलाउन सके नेपाल नमुना बन्न सक्ने दाबी गरे।
उनले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।उनले भने‚ ‘लाइसेन्स लिएर मात्रै भएन काम पनि गर्नुपर्‍यो। तपाईंहरूलाई हामी सहुलियत दिन तयार छौँ। नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ।’