२०७८ माघ ६ गते बिहिवार
२०७८ माघ ६ गते बिहिवार

नेकपा एमाले बबईको बैठक सम्पन्न


नेकपा एमाले बबई कमिटी को बैठक हापुरेमा सम्पन्न भएको छ । बबई गाउँपालिकाका अध्यक्ष जित बहादुर वली को अध्यक्षता एवम् दाङ जिल्ला कमिटी सदस्य तथा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
बैठकले मंसिर ७ गतेसम्म टोल कमिटी गठन गर्ने ,दशौ महाधिवेशन सफल पार्न एक वडा एक बसको ब्यवस्थापन गर्ने ,तिन पटक सम्म बैठकमा सहभागी नभएमा स्पष्टीकरण सोध्ने लगायतका निर्णयहरु गरिएको बबई गाउँपालिका एमालेका उपसचिव टोपबहादुर चौधरीले बताएका छन् ।
बबई गाउँपालिका एमाले कमिटी उपसचिव शोभा खड्काको स्वागत मन्तब्य बाट सुरु भएको
बैठकको सहजिकरण सचिव धन बहादुर डाँगीले गरेका थिए ।