२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

दाङमा दशौँ राष्ट्रिय कर सप्ताह

दाङमा दशौँ राष्ट्रिय कर दिवस मनाइएको छ । आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर सप्ताहको आज एक कार्यक्रम विच सुरुवात गरिएको छ । कर सप्ताहको पहिलो दिन आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट ¥यालीको आयोजना गरी बजारका विभिन्न भाग परिक्रमा गरिएको हो ।


आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजना तथा साविक राप्ती अन्चलका जिल्लाका जिल्ला उद्योग बाणिज्य संघको सहआयोजनामा कर सप्ताह सुरु भएको हो।करदाताहरुलाई सहज हुने गरी आन्तरिक राजस्व कार्यालयमा जिल्लाका सवै उद्योग बाणिज्य संघहरुको पहलमा करदाता सहायता कक्षको उदघाटन गरिएको छ ।

तस्वीर : घनश्याम घिमिरे