२०७८ माघ ६ गते बिहिवार
२०७८ माघ ६ गते बिहिवार

दंगिशरण गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृत खड्कालाई स्वागत

दंगिशरण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा खिम बहादुर खड्का आउनु भएको छ । केहि दिन अघि प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल सरुवा भएपछि दंगीशरण गाउँपालिकाकाको प्रमुख प्रशासकिय अधिकृतमा खड्का आउनु भएको हो । सरुवा भई आउँनु भएका नयाँ प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्कालाई स्वागत गरिएको छ । आज बुधवार गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले नेपाली ढाका टोपि र फुल माला लगाएर नयाँ प्रमुख प्रशासकिय अधिकृत स्वागत गर्नु भएको हो । स्वागत सम्मान कार्यक्रममा वडा अध्यक्ष, कार्यपालीकासदस्य, वडा सदस्य र कर्मचारीको सहभागिता रहेको थियो ।