२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कार्यकर्तासंग उम्मेदवारको भेटघाट तथा परिचयात्मक कार्यक्रम

तस्वीर : झुपु क्षेत्री

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ ख काे चुनावका लागि उम्मेदवारले कार्यकर्तासंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । विभिन्न स्थानका आज भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका हुन् । यसैविच बबई गाउँपालिकामा कार्यकर्तासंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
चुनावी मैदान उत्रिएका सबै उम्मेदवारहरुको उपस्थितिमा भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको हो । नेपाली कांग्रेस बबईका सभापति प्रकाश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, नेता गेहेन्द्र गिरी, शंकर गिरी, बुद्धिराम भण्डारी,कमानसिंह डाँगी लगायतको सहभागिता रहेको थियो ।