२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

युवाको काँधमा समाजबादको यात्रा

 

युवा परिबर्तनका सँबाहक हुन । हरेक परिबर्तनको यात्रामा युवाको नेतृत्वदायी भुमिका रहेको कुरा सर्बबिदीतै छ।राजनितिक अधिकार प्राप्तिका आन्दोलनमा युबाहरुले लामो समय बिताए । अबको राजनितिक कोर्ष परिबर्तन भएको छ। मुलतः संविधान निर्माण भैसकेपछी मुलुक आर्थिक रुपान्तरणको यात्रामा अघि बढ्नु पर्ने देखिन्छ। सोही अभिलाषाको साथ नेपाली जनताले दुइतिहाइ जनमत का साथ नेपालका कम्युनिस्ट शक्ति लाई जिम्मेवारी सुम्पिएका थिए तर उक्त बिश्वासलाइ तुषाराघात गर्दै राज्यको सम्पत्ति माथी चरम दोहन तथा संविधान माथी पटक पटक आक्रमण गर्ने काम अहंकारि,दम्भी केपि प्रवृत्तिले गर्यो फलस्वरुप आर्थिक रुपान्तरण को नेतृत्व एकीकृत कम्युनिस्ट पार्टी नेकपाले गर्ने अबसर गुमाउनु पर्यो। समाजबादको आधार निर्माण गर्नु पर्ने दायित्वलाई भुलेर दलाल पुजिबादको पक्षपोषण गर्दै समाजबादको यात्रामा ठूलो चुनौती खडा गरेको केपि प्रवृत्ति विरुद्ध लड्दै स्वाबलम्बी आत्मनिर्भर आर्थिक रुपान्तरणको तत्कालिन सोच एबम समाजबाद को आधार खडा गर्ने अबको राजनितिक कार्यदिशाको नेतृत्व यानकी समाजबादी यात्राको नेतृत्व गर्ने जिम्मा जोसिला युबा को काधमा आएको छ।

समाजबाद एउटा यस्तो आर्थिक ब्यबस्था हो जहाँ बस्तुको उत्पादन,नियन्त्रण र ब्यबस्थापन बृहतर लोककल्याणमा आधारित हुन्छ।हामी समाजबाद प्राप्तिको लागि मुलतः आर्थिक रुपमा आत्मनिर्भर राष्ट्रिय पुजिमा बढोत्तरी गर्नु पर्दछ। आर्थिक सम्बन्धहरुमा पुर्नपरिभाषित गर्नु पर्दछ ।सामाजिक न्याय समानता मार्फत असमानताको अन्त्य हुने गरि सामाजिक रुपान्तरण गर्नु पर्दछ। समाजबादी क्ान्ति पार्टी निर्माण गर्दैमा हुने होइन ।यस्का लागि पार्टीका हरेक गतिबिधी संगठनिक संरचना संगठनिक लक्ष्य परिबर्तन गर्नु पर्दछ।टोले गुन्डा,ठेकेदार,तस्करी गर्दै हिड्ने रास्ट्रीय युबा सघं जस्तो हैन उधमसिलता बिकाश गर्ने काम सङ युबा लाई जोड्ने बिशेष अभियान सहित समाजबादी युबा सघं रुपान्तरित हुन पर्दछ।हरेक युबा सघं कमिटीले आफ्ना कमिटीका सदस्यहरुको सामुहिकतामा सामुहिक उधमि बन्दै देशैभरीको युबसघंलाई उत्पादन सघंका रुपमा बिकाश गर्दै आर्थिक सामर्थ्य बिस्तारको मेरुदण्डको रुपमा युबा सघंलाई स्थापित गर्नु पर्दछ।नेताको चाकडी,गुन्डा भेला गर्ने र अबैध आर्थिक गतिविधिको रक्षक बन्ने जस्ता गतिबिधिमा समाजबादी युबा सघं लाग्नु हुदैन । युबा सघं मात्रै हैन हरेक संगठनहरु समाजबादी यात्राको दृस्ठिकोण तथा कार्यदिशा प्रती प्रतिबद्ध हुन पर्दछ।परम्परागत पार्टी भन्दा फरक ढंगले हाम्रो पार्टी र यात्रालाइ अघि बढाउने हो भने मात्रै समाजबाद को यात्रा विशाल हुने छ र नेकपा एकीकृत समाजबादी पार्टी मुलुकको उदयमान नवीन शक्तिका रुपमा स्थापित हुने कुरामा कुनै दुइमत छैन।

उपसंहारमा भन्नू पर्दा युबा त्यो उमेर समूह हो जसमा रास्ट्रको भबिस्य,बर्तमानका साझेदार तथा समृद्धि को अग्रसंबाहक बन्ने सामर्थ्य लुकेको हुन्छ।त्यो सामर्थ्य लाई अबको बिस्वको तथा नेपालको अग्रगामी कार्यदिशा समाजबाद को यात्रामा केन्द्रीत गर्नु पर्दछ।समाजबादी यात्रा युग को हुन पर्दछ पुरानो पुस्ता परिबर्तनको आगामी यात्राको नेतृत्व गर्ने outdated भैसकेको छ। अब युबा को नेतृत्व समाजबादी क्रान्ति आर्थिक समृद्धि क्रान्ति हुनु पर्दछ यस्का लागि सबै तयारी हौं र नेकपा एकीकृत समाजबादी पार्टी मा गोलबद्ध हौं।

लेखक

युबा सघं दाङका नेता तथा नेकपा(एस) शान्तिनगर पार्टी सचिब हुन।