२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाईते

दाङमा जेसीवी दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटना हुँदा चालक घोराही १० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही दुर्घटनामा परी सहचालक बर्दिया गुलरिया नगरपालिका बस्ने २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घुम्तीमा सडक मर्मतको काम गर्ने क्रममा जमिन भासीदा विहीवार बिहान साढे चार बजेतिर उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।