२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

निर्वाचन प्रक्रियाबारे प्रक्षिक्षण कार्यक्रम सम्पन्न

नेकपा माओवादी केन्द्र दंगिशरणको गाउँपालिका र वडा सम्मेलन सफल पार्न गाउँ पालिका र वडा निर्वाचन कमिटी लाई दंगिशरण ५ डाडाचिसमा प्रक्षिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रक्षिक्षण कार्यक्रममा निर्वाचन संयोजक र सहायक हरुलाई प्रक्षिक्षण दिइएको थियो भने प्रक्षिक्षकमा लुम्बिनी प्रदेश निर्वाचन कमिटी अध्यक्ष रामशरण चौधरी रहेका थिए । दंगिशरणको सम्पूर्ण वडाको निर्वाचन कमिटीले मंसिर ४ गते वडा सम्मेलन गर्न तयारी गरेको जानकारी दिएका छन । नेकपा माओवादी केन्द्र दंगिशरण गाउँपालिका सचिव विरू वलीले प्रक्षिक्षण कार्यक्रमको सहजीकरण गरेका थिए ।