२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

७० वर्षका पुरुषले गरे कान्छी श्रीमतीको खुकरीले घाँटी रेटेर हत्या

सांकेतिक तस्वीर ।

उदयपुरमा ७० वर्षका पुरुषले कान्छी श्रीमतीको खुकरीले घाँटी रेटेर हत्या गरेका छन् । लिमचुङबुङ गाउँपालिका–५ स्थित जाँते घर भएका सन्तुबहादुर राईले ५६ वर्षकी कान्छी श्रीमती चतुरमाया राईको खुकुरीले घाँटी रेटेर हत्या गरेका हुन् । कार्तिक ३० मा राती श्रीमतीको हत्या गरेर सन्तुले आत्महत्याको प्रयास गरेका थिए । आफैंले घाँटी रेटेर घाइते भएको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । प्रहरीको निगरानीमा उनको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कान्छीलाई धेरै माया गरेको तर, आफुसँग नबसेर छुट्टै बस्न थालेपछि उनलाई चित्त नबुझेर हत्या योजना बनाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । चतुरमाया दशैँपछि जेठो छोराको घरमा बस्न थालेकी थिइन् । छुट्टै बस्नुअघि उनीहरुको बीचमा झैझगडा पनि भएको थियो । झगडा गरेर छुट्टै बसेपछि श्रीमतीलाई शंका गर्न थालेका थिए । चतुरमायाको हत्यापछि आरोपीले जेठी श्रीमतीको घरमा आएर आत्महत्याको प्रयास गरेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।