२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

माओवादी केन्द्रबाट वडा सदस्य लडेका खत्री सहित २५ जना एमालेमा प्रवेश

गएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा सदस्य पदमा चुनाव लडेका पश्चिमदाङको बबई ७ मलईका रेवन्त खत्री सहित २५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । आज मलईमा भएको एक कार्यक्रममा वडा सदस्यमा चुनाव लडेर हार व्यहोरेका माओवादी केन्द्रका नेता खत्री सहित टोप वहादुर वि.क., डिलराज घर्ती, खुमानन्द खत्री, खड्क वहादुर वि.क लगायत २५ जनाले एमाले पार्टी प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले सम्मानका साथ पार्टी प्रवेश गराएको नेकपा एमाले बबईका उपसचिव टोप वहादुर चौधरीले जानकारी दिएका छन् । केहि दिन नेपाली कांग्रेसबाट मलई निवासी राज कुमार खड्काले पार्टी प्रवेश गरेका थिए । आउने चुनावमा नेपाली कांग्रेसबाट चुनावमा वडा अध्यक्षको आकांक्षा देखाएका खड्काले एमाले प्रवेश गरेका थिए । उनकै पहलमा आज शुक्रबार मलईका २५ जनाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । मलईमा माओवादी केन्द्रका नेताहरु एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र अव सुन्य झै भएको छ ।

नेकपा एमाले बबई ७ का अध्यक्ष रुपा रानाको अध्यक्षता एवं नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका प्रमुख आथित्यता कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
उपाध्यक्ष टोपबहादुर बस्नेत को स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचीव जगत चौधरी गरेका थिए ।