२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा ६ प्रदेश सभापतिमा १३ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरर्गत दाङमा ६ वटा प्रदेश सभापतिका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । दाङ निर्वाचन क्षेत्र नं। ३ को (क) को सभापति पदका लागि देबेन्द्र रिजाल र बलिराम खत्रीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै निर्वाचन क्षेत्र नं ३ (ख) को सभापतिका लागि खिमबहादुर वली, टिकाराम घर्ती र र चुडामणि ढकालले उम्मेदवारी दर्ता गरेका छन ।
दाङ निर्वाचन क्षेत्र नं २ को (क) को सभापति पदका लागि प्रकाश क्षेष्ठ र दुर्गा जिएमले आफ्नो टिमसहित उम्मेवारी दर्ता गराएका छन् ।
क्षेत्र नं २ को (ख) मा अभियान बस्नेत र लालबहादुर गिरीले आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै दाङको निर्वाचन क्षेत्र नं १ को (क) को सभापति पदका लागि ताराबहादुर डिसी र श्रीपद चौधरीले टिमसहित उम्मेदवारी उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै दाङको निर्वाचन क्षेत्र नं १ को (ख) मा सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले टिमसहित उम्मेदवारी दर्ता गरेका छन् ।