२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ख को सभापतिमा तीन जनाको महाभिडन्त

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन क्षेत्र प्रदेश सभामा चुनाव हुर्दैं । दाङमा ६ प्रदेश सभापतिका लागि १३ जनाको उम्मेदवारी परेको छ । अन्य प्रदेश सभामा दुई प्यानल चुनावी मैदान उत्रिएको छ भने दाङ क्षेत्र नं. ३ ख का लागि ३ जनाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ख को सभापति लागि महाभिडन्त हुने भएको छ । दाङ क्षेत्र नं. ३ ख मा नेपाली कांग्रेसका नेताहरु टिकाराम घर्ती, खिम वहादुर वली र चुडामणी ढकालले उम्मेदवारी गराएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको प्यानलबाट खिम वहादुर वली, पुर्वसांसद गेहेन्द्र गिरी प्यानलबाट टिकाराम घर्तीले सभापतिमा उम्मेदवारी दिएका छन् भने चुडामणी ढकाले स्वतन्त्र रुपमा सभापतिमा उम्मेदवारी दिएका छन् । ढकालले आफु कुनै प्यानलमा नरहेको बताएका छन् । प्रचार पोष्टरमा दुवै गिरीको समेत ढकालले तस्वीर राखेका छन् । ढकालले  सभापतिमा मात्र उम्मेदवारी दिएका छन् । प्यानल खडा गरेका छैनन् ।

तीनै जनाको सभापतिमा कडा प्रतिस्पर्दा रहेको छ । खिम वहादुर वली क्षेत्र नं. ३ ख  हालका सभापति हुन । टिकाराम घर्ती तरुणदल दाङका अध्यक्ष हुन् भने चुडामणि ढकाल नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रिय सचिव हुन् । तीनै जनाले आफ्नो माहोल खडा गरेर आज निर्वाचनमा भिड्दै छन् ।