२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

पार्टीका संस्थापन नेताहरूको सपना आफूले पूरा गर्ने नेता सिंहकाे दाबी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरूको सपना आफूले पूरा गर्ने दाबी गरेका छन्।शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकार्पण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरूले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताएका हुन्।
‘किसुनजी, गणेशमानजी, बिपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो‚’ नेता सिंहले भने‚ ‘उहाँहरुले विकसित नेपालको सपना राख्नुभएको थियो। त्यो सपना तपाईंहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ।’
जनताका प्रतिनिधि भएपछि जस्तोसुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो।
यस्तै, फरक प्रशंगमा बोल्दै बानेश्वरको पहिलो अवस्था थाहा पाउनका लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पुस्तक पढ्नु पर्ने नेता सिंहले बताए। बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको बताए।