२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङ क्षेत्र नं १ प्रदेश ख सभापतिमा दिनेश गिरी सहित प्यानलै विजयी

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन मा दाङ क्षेत्र नं १ प्रदेश ख मा सभापति पदका उम्मेदवार दिनेश गिरी सहित उनको प्यानलै अत्याधिक मत लिएर निर्वाचित भएका छन । गिरीले २१० मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन अधिकृत रेशम गिरीले जानकारी दिए ।
गिरीले मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी दिवाकर योगीले ८१ मत प्राप्त गरेका छन ।

त्यस्तै उपसभापति पदका उम्मेदवार दामोदर पौडेलले २०४ र गोपाल नेपालीले २११ मत प्राप्त गरि निर्वाचित भएका छन । पौडेल र नेपालीका प्रतिद्वन्दी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिबमा लालबिर खड्काले १८९ र मंगल प्रसाद चौधरीले २१८ मत प्राप्त गरि निर्वाचित भएका छन भने उनिहरुका प्रतिद्वन्दी सुमित्रा विकले ७६ र राम प्रसाद चौधरीले ९० मत प्राप्त गरेका थिए ।
त्यस्तै सहसचिवमा कुल बहादुर बुढा मगरले २१४ र हुर्मत कुमार बोहराले १८७ मत प्राप्त गरि निर्वाचित भएका छन । मगर र बोहराका प्रतिद्वन्दी मान बहादुर यादवले ७८ र महेश कुमार चौधरीले ९० मत प्राप्त गरेका छन ।
कुल ३ सय १० मतदाता संख्या रहेकोमा ३ सय ५ मत खसेको र ४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।