२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

यी हुन माओवादी केन्द्र दंगिशरणका ७ वटै वडामा निर्वाचित वडा अध्यक्षहरू

माओवादी केन्द्र दंगिशरणका ७ वटै वडामा वडा सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र दंगिशरण गाउँपालिका कमिटीले सम्पुर्ण वडामा सम्मेलन उद्घाटन कार्यक्रम सहित वडा सम्मेलन सफल भएको जनाएको छ । आजको सम्मेलन बाट प्रत्येक वडा समिति र प्रत्येक वडा बाट गाउँ पालिका सम्मेलमा जाने प्रतिनिधिहरू सर्वसम्मत निर्वाचित भएको र सम्पुर्ण निर्वाचित वडासमिति र प्रतिनिधिहरू लाई सपथ ग्रहण गराउनुका साथै वडा समिति मा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचित प्रमाण पत्र वितरण गरिएको जनाएको छ । प्राप्त जानकारी अनुसार यी हुन  निर्वाचित वडा अध्यक्षहरुमा
वडा नं १ – विजय विष्ट
वडा नं २- दिल वहादुर परियार
वडा नं ३- टोपाराम चौधरी
वडा नं ४- ठाकुर प्रसाद चौधरी
वडा नं५- मोहनलाल गिरी
वडा नं ६- भरथरे चौधरी
वडा नं ७- तुल्सीराम चौधरी