२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ (ख) को सभापतिमा वली विजयी

नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ (ख) को सभापतिमा खिम वहादुर वली विजयी भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ क्षेत्र नम्बर ३ (ख) चुनावमा २४२ मत लिएर सभापतिमा वली सहित प्यानलै विजयी भएकाे छ । नेपाली कांग्रेसका केन्दिय सदस्य दिपक गिरीकाे प्यानलबाट सभापतिमा चुनाव लडेका वलीले सभापतिमा टिकाराम घर्ती र चुडामणी ढकाललाई हराउदै विजय भएका हुन् । उनका निकटम प्रतिष्पर्दी पुर्वसांसद गेहेन्द्र गिरी पक्षधर टिकाराम घर्तीले २०८ मत र अर्का चुडामणी ढकालले १९ मत लिएका थिए । वलीले ३४ मतकाे अन्तरले जित हात पारेका हुन् ।

वलीसहित पदाधिकारी सबैमा उनकै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा द्रोण देवकोटा ३१० र फर्साराम डाँगी २९६ मतका साथ विजयी भएका छन् । सचिवमा लेवाराम आचार्य २७३ र भद्र बहादुर खड्का २९४ मतका साथ विजयी भएका छन् ।

सहसचिवमा रोशनजंग शाह ३४१ मत र रमेश भण्डारी २८७ मतका साथ निर्वाचित भएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा ४८९ मतदाता मध्ये ४८५ मत खसेको थियाे । ४ जना मतदानमा आएनन् ।
थप विवरण आउन बाँकी छ ।