२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रदेश प्रतिनिधिमा प्रमाेद बस्नेतकाे लाेकप्रिय मत

नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ ख काे प्रदेश प्रतिनिधिमा युवा नेता प्रमाेद बस्नेतले लाेक प्रिय मत लिएर विजयी भएका छन् ।
१६ जना प्रदेश प्रतिनिधिमा ३०४ मत लिएर बस्नेत विजयी भएका हुन् । ४८५ मत खसेकाेमा ५ मत बदर भई ४८० मत मध्ये बस्नेतले अत्याधिक ३०४ मत लिएका हुन् ।
पश्चिमदाङमा उनकाे थप लाेकप्रियता बढ्ने सम्भावना देखिएकाे छ । पश्चिमदाङका चर्चित युवा नेता बस्नेतले लाेकप्रिय मतले जिताउनु हुने सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन् । सबैकाे माया र साथका लागि धन्यवाद दिदै थप जिम्मवारी बाेध भएकाे प्रतिक्रिया दिएका छन् । आगमी दिनमा पार्टीमा अझ क्रियाशिल भएर अगाडि बढ्ने उनले बताए ।
अन्य प्रदेश प्रतिनिधिमा कुमार लामिछाने, कुशल तर्ताल,गाेविन्द प्रसाद घिमिरे, कुशलराम शर्मा, यज्ञ वहादुर विष्ट,हाेम प्रसाद गाैतम, सुस्मा चन्द,भुमा सुनार, टाेपेन्द्रा खड्का, देविराज रिजाल,राजेन्द्र विक्रम शाह, राधिका कुमारी गाैतम, देवकाेटा, भिम वहादुर पुन, मेघ वहादुर विक र रजनी शाह विजयी भएका छन् । विजयी प्रदेश प्रतिनिधिहरू नेपाली कांग्रेस केन्द्रिय दिपक गिरी समर्थकका हुन् ।