२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्र्तग लमही नगरपालिका ३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको लमहीमा प्राथामिक उपचारपछि बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।