२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

दाङमा लागु औषध सहित चारजना पक्राउ

दाङमा प्रहरीले लागु औषध सहित चारजनालाई पक्राउ गरेको छ । विभिन्न स्थानमा पक्राउ गरी आज जिल्ला प्रहरी कार्याल दाङले सार्वजनिक गरेका हन् । नयाँ बसपार्कबाट शनिवार बेलुका सवा पाँच बजे दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउन पर्नेहरुमा तुलसीपुर ५ बस्ने २५ बर्षिय धिरज बुढाथोकी र बबई गाउँपालिका ४ घर भई हाल तुलसीपुर ६ बरुवागाउँमा डरा गरी बस्ने २० बर्षिय प्रख्यात शाह रहेको रहेका छन् । उनीबाट सेतोप्लाष्टिक भित्र लुकाई राखेको आठ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यस्तैगरी तुलसीपुरबाट थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र पछाडी घर भई हाल तुलसीपुर ५ स्थित माईतीघरमा डेरा गरी बस्ने आमाछोरालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बुढाथापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ३८ बर्षिया सुशिला श्रेष्ठ र उहाका छोरा १९ बर्षिय रोहन श्रेष्ठ रहेका छन् । लागु औषध कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको छ ।