२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

सुनको भाउ दुई सयले बढ्यो


हिजो तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज तोलामा सुनको भाउ दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।