२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

नेपाली कांग्रेस दाङ क्षेत्र नंं ३ को सभापतिमा तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत दाङको क्षेत्र नंं ३ को क्षेत्रिय सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । दाङको निर्वाचन क्षेत्र नंं ३ क्षेत्रिय सभापति पदमा जगतबहादुर खड्का, सुरेन्द्र खड्का, किरण शाहले मनोनयन दर्ता गराएका छन् । जगतबहादुर खड्का हालका क्षेत्रिय सभापति हुन भने सुरेन्द खड्का जिल्ला कार्य समिति सदस्य हुन ।
जगत खड्का केन्द्रीय सदस्य दीपक गिरी अर्थात संस्थापन इतर प्यानलको समर्थन छ । सुरेन्द्र खड्कालाई गेहेन्द्र गिरी अर्थात संस्थापन प्यानलको समर्थन छ । यसैगरी किरण शाह प्यानल नभई स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । जिल्लामा क्षेत्रिय निर्वाचको चुनाव भोली हुदैंछ । दाङ क्षेत्र नं. ३ ख को चुनाव तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल दोघरेमा हुने बताइएको छ । निर्वाचन क्षेत्र नं ३ मा आठसय बढी मतदाता रहेका छन् ।