२०७८ माघ ५ गते बुधवार
२०७८ माघ ५ गते बुधवार

दाङमा बाघको छालासहित दुई जना पक्राउ

दाङमा प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी ३१ वर्षिय महेन्द्र खड्का र राजपुर गाउँपालिका ६ निवासी ३८ वर्षिय सूर्य बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार ७ बजेको समयमा घोराही उपमहानगरपालिका १६ गरुवा चोकबाट
रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई ल्याउदै गरेको आंशकाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला र विभिन्न कम्पनीका मोबाइल सेट ३ थान बरामद गरेको प्रहरीले बताएको छ ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।