२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङमा ३ क्षेत्रिय सभापतिका लागि ७ जनाकाे उम्मेदवारी

नेपाली काँग्रेसको १४ अौ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिवेशनकाे चुनाव भाेलि हुदैछ । दाङमा ३ वटा निर्वाचन क्षेत्र छन् । दाङमा ३ क्षेत्रिय सभापतिका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आ-आफ्नाे प्यानल खडा गरी चुनावी मैदानमा उत्रिय छन् । चुनावी अभियानलाई तिव्रता दिदै मतदातासंग मत मागि रहेका छन् ।
दाङ क्षेत्र नं. १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसीले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल)ले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ३ मा भने तीन जनाको उम्मेदवारी परेको छ। संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा नेता किरण शाह छन्।