२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । हेलम्बु गाउँपालिक ७ सुर्सिङ गाउँको झाक्रिटोलका सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।