२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली कांग्रेस सल्यानको सभापतिमा विष्ट विजयी

नेपाली कांग्रेस सल्यानको सभापतिमा केश बहादुर विष्ट निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी ध्रुवराज पुरीलाई ५ मतले हराउँदै विष्ट निर्वाचित भएका हुन ।

निर्वाचित विष्टले ६१२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पुरीले ६०७ मत प्राप्त गरेका छन् । विष्ट प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए भने पुरीले पौडेल पक्षबाट उम्मेदवारी दिएका थिए । १३ औं महाधिवेशनमा हार व्यहोरेका विष्टले यस पटक भने जीत हात पारेका छन् ।
यस्तै उप सभापतिमा चक्र देवकोटा ५ सय ९६ र शन्तोष केसीले ६ सय २० मत ल्याइ विजयी भएका छन् । उनका प्रतिस्पर्धी गोपाल बुढाथोकीले ५ सय ६ र डिल्ली बहादुर बुढाथोकीले ५६२ मत प्राप्त गरेका छन् ।

सचिवमा प्रकाश भण्डारी ७०२ र एकराज बुढाथोकी ५५९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डिल्ली प्रसाद जैसीले ५३१ र लोकराज आचार्यले ४९७ मत प्राप्त गरेका छन् ।

सह सचिवमा जनकराज गौतमले ६३४ र पदम बहादुर बुढाथोकीले ५७५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी खिम बहादुर रावतले ५ सय ६९ र बृद्धि प्रकाश हमालले ५६४ मत प्राप्त गरेका छन् ।