२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा एक भारतीय नागरिक लागूऔषधसहित पक्राउ

दाङमा एक भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । सोमबार साँझ ५ बजे लमही नगरपालिका ९ अमिलियाबाट भारतको बहाराईच तहिसल नानपारा घर भएका २८ वर्षीय नाईम पक्राउ परेका हुन ।

उनको साथबाट ४५ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका नाईम लागूऔषध ओसारपसार तथा विक्रि वितरण गर्दै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले उनलाई पक्राउ गरको हो । पक्राउ परेका नाईम माथि थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।