२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

५ सय मतगणना हुँदा जगत खड्का प्यानलको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नंं ३ को संघीय सभापतिमा जगतबहादुर खड्काको प्यानलले अग्रता लिइरहेको छ । हालसम्म ५ सय मत गणना हुँदा जगतबहादुर खड्काले निकटतम प्रतिस्पर्धी सुरेन्द्रबहादुर खड्का भन्दा ८१ मत अन्तरले लिड गरिरहेका छन् । जगतले २५९, सुरेन्द्रले १७८ र अर्का प्रतिस्पर्धी किरण शाहले ४५ मत प्राप्त गरेका छन् ।
दाङको क्षेत्र नं. ३ मा कुल ८४७ मतदाता मध्य ८४४ मत खसेको थियो । अझैं साढे तीन सय जति मत गणना हुन बाँकी छ । जगत खड्कालाई नेपाली कांग्रेसका केन्द्रिय दिपक गिरीको समर्थन रहेको छ भने सुरेन्द्र खड्कालाई नेता गेहेन्द्र गिरीको समर्थन रहेको छ ।