२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

लक्ष्मी नारायणका दुई शिक्षकलाई बिदाई

दाङको दंगिशरण ५ स्थित लक्ष्मी नारायण आधारभूत विद्यालयका प्रधानाध्यापक सहित दुई जनालाई विदाई गरिएको छ । एक कार्यक्रमका विच विद्यालय स्थापना कालदेखि हालसम्मका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्यको उमेरका कारण अनिवार्य अवकाश भएका र निजी शिक्षकका रूपमा कार्यरत शिक्षक गेदलाल शर्मालाई विदाई गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम प्रसाद देवकोटाको अध्यक्षता, दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्य तथा दंगिशरण वडा नं ५ का वडा अध्यक्ष दिपक गौतम र दंगिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारीको विशिष्ट आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विदाई भएका जान लागेका शिक्षकहरूकलाई अतिथि, वि.व्य.स. पदाधिकारी, शिक्षक शिक्षिका अभिभावक, विद्यार्थी र पत्रकार लगायतले अविर माला लगाएर विदाई गरेका थिए । विद्यालय परिवारले सम्मान पत्रका साथ विदाई गरेको हो । शिक्षिका जानकी घर्तीको स्वागत मन्तव्य बाट सुरू भएको सहजीकरण पुर्व विद्यार्थी प्रमोद आचार्यले गरेको शिक्षक शिव प्रसाद उपाध्यायले दिएका छन् ।