२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

विप्लव नेकपाको सम्पर्क कार्यालय सल्यानको खलंगामा स्थापना

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय सल्यानको खलंगामा स्थापना गरिएको छ । पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले पार्टीको झण्डा फहराएर कार्यालय उद्घाटन गर्नुभएको हो । पार्टी पुनर्गठन दिवसको अवसर पारेर सल्यानमा सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला सेक्रेटरी नारायण चन्दले बताउनुभयो । पार्टीका जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता थलराज भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, रेडियो तहल्काका स्टेशन मेनेजर डिल्ली राज रावत, इन्सेक प्रतिनिधि मिना बुढाथोकी लगाएतले बोल्नुभएको थियो । कार्यालय सदस्य मदन चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य टंक प्रकाश केसीले गर्नुभएको थियो ।