२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

अनुराग खड्का सर्वाधिक मत लिएर केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्काले सर्वाधिक मत लिएर केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २८ बर्षीय अनुरागले दाङको निर्वाचन क्षेत्र नं. १ बाट खुल्ला (प्रत्यक्ष) तर्फबाट २१ प्रतिस्पर्धी मध्य सबै भन्दा बढी ४९७ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
अनुराग दाङबाट नेपाली काँग्रेसको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुने सबैभन्दा कम उमेरका युवा नेता हुन । पूर्व गृहमन्त्री खुमबहादुर छोरा अनुरागले जित पछि प्रतिक्रिया दिदै आफुले प्राप्त गरेको मत आफ्नो नभई बुवाको भएको बताए । आफ्नो बुवा प्रति मतदाताले उच्च सम्मान गर्ने भएकै कारण आफुले सबै भन्दा बढी मत प्राप्त गर्न सफल भएको अनुरागले बताए ।