२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

यी हुन लोकप्रिय मत पाएका दाङ क्षेत्र नं. ३ का केन्द्रिय महाधिवेशन प्रतिनिधि

दाङ निर्वाचन क्षेत्र नं. ३ नेपाली कांग्रेसको निर्वाचन सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिको अन्तिम नतिजा भर्खर आएको छ । दाङको निर्वाचन क्षेत्र नं. ३ मा कुल ८ सय ४७ मतदाता मध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए । केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्लामा सबैभन्दा बढि मत विमल रिजालले लिएका । रिजालले ४६८ मत प्राप्त गरेका छन् । रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । राजनिति र व्यवसायी गर्दै आएका उनले सबै भन्दा बढि मत प्राप्त गरेका छन् । यसैगरी दास्रो नम्बरमा शंकर प्रसाद डाँगीले ४६६ मत प्राप्त गरेका छन् । उनि नेपाली कांग्रेस दाङका सचिव हुन भने पश्चिमदाङका चर्चित युवा नेता हुन् । यस्तै तेस्रो नम्बरममा केशवराज आचार्य पनि लोकप्रिय मत पाएका छन् । उनले ४४६ मत प्राप्त गरेका छन् । आचार्य नेपाली कांग्रेस दाङमा पुराना नेता हुन् । शुरुमा आचार्यले नै केद्रिय महाधिवेशन मतको लिडिङ गरेका थिए । कुनै प्रचारप्रसार नगरेर पनि उनले लोकप्रिय मत प्राप्त गरेका छन् । भर्खरै विरामीबाट थलिएका आचार्य प्रचार प्रसारमा गएनन् । आफ्ना शुभचिन्तकले मत हाल्छन भने ढुक्क साथ चुनावी मैदान उत्रिएका थिए ।

हुेर्नुस दाङ निर्वाच क्षेत्र ३ का केन्द्रिय महाधिवेशन प्रतिनिधिको परिणाम